कला / साहित्य

फर्क अब उतैतिर

शनिवारकाे साहित्य मझेरी

रविन्द्र ढुङ्गेल

ए श्रमिक

मलाई खाँचो छ

एउटा स्वतन्त्र झन्डाको ।

रोपाइँको रवाफ सकिएपछि

दर्शनको जवाफ सकिएपछि ।

अयुक्त रङ पठाईदिनु ।।

मलाई थर नभएका

धर्म नभएका

आँखा नभएका र जिब्रो नभएहरुको राष्ट्र बनाउनुछ ।

ए श्रमिकहरु

बिजय चाहिँदैन मलाई,

विरता पठाइदिनु

यहाँको

फिजिक्स फेल भएको छ ,

मिथ्या बयानले ।

धमिराले बनाएको

माटोको ढिस्को र

मुर्तिहरुको जीवनको ढंग कुहिएको छ ।

सत्य , काचो र कल्पनाको कराइ बनाउनुछ ।

प्रिय् श्रमिक

मलाई मृत भएपनि

मेरो देशको सम्झना पठाइदिनु दान ,

भेटी र उपहार चाहिदैन मलाई,

मलाई मेरै देशको घाटको अङ्गार पठाइदिनु ।।

चाहिँदैन कोहि सुन्दरीहरु

मलाई मेरै श्रीमतीको अनुहार पठाइदिनु

आजै पठाइदिनु

अहिले नै पठाइहाल्नु

रोपाइँको रवाफ सकिएपछि

दर्शनको जवाफ सकिएपछि ।

म पनि फर्काउनेछु समाजवाद ।।

सम्बन्धित समाचार