कला / साहित्ययो पनि

नहार्नु है दुखले गलेर

बिग्रेको दसा सप्रिन्छ नि

के मर्छौ साथी जलेर

बिहान सुख फर्किन्छ

नहार्नु है दुखले गलेर।

तालै सुक्छ खडेरी लाग्दा

खहरेको के कुरा

अमुल्य जीवन हाँसेर काटौ

पीडाको यहाँ के कुरा।

घर- घरमा छ पिरैको चुल्हो

सबैको गनगन उस्तै छ

देउतालाई पनि समस्या

उसको आफ्नै ब्यथा छ।

आमाको कोख रित्तिन्छ

बाबुले देखेकाे सपना

आफैले छान्ने स्वर्ग कि नर्क

आफ्नै हो प्रिय जीवन।

अरुको आशमा चल्दैन

जीवन मेहनत- सुख हो

मृत्यु नै अन्तिम मुक्ति हैन

बाँचेर दुँनिया जित्ने हो।

सम्बन्धित समाचार