बागमतीसमाचार

रसुवा बाढी प्रभावितको लागि भीमेश्वर नगरको ३० लाख बढी सहयोग

दोलखा/रसुवा बाढीबाट प्रभावित नागरिकको उद्दार, राहत तथा पुर्नस्थापना कार्यमा सहयोग पु¥याउने उदेश्यले दोलखाको भीमेश्वर नगरपालिकाले ३० लाख बढी सहयोग गर्ने निर्णय गरेको छ ।

मंगलवार बसेको नगर कार्यपालिकाको बैठकले राष्ट्रसेवकहरु तर्फ श्रेणी विहिन कर्मचारीबाट मासिक सुरु तलब स्केलको दुई दिन, सहायक स्तर कर्मचारी वा सो सरह कर्मचारीबाट पाँच दिन, अधिकृत स्तर र राजपत्राङ्कीत द्वितिय वा सो सरह कर्मचारीबाट सात दिन, शिक्षकहरु तर्फ उल्लेखित श्रेणी बमोजिम र जनप्रतिनिधिहरु को तर्फबाट खाईपाई आएको सुविधाको सात दिन बराबरबाट जम्मा हुन आउने ३० लाख ६२ हजार पाँच सय ७९ रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको खातामा उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख इश्वर नारायण मानन्धरले बताए ।

उल्लेखित रकम भाद्र महिनाको तलब– पारिश्रमिकबाट कट्टागरिने नगर प्रमुख मानन्धरको भनाई छ ।

नगर कार्यपालिकाको बैठकले रसुवा बाढीमा परी भीमेश्वर नगरपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु भएको वा बेपत्ता भएको अवस्थामा मृतक वा बेपत्ता नागरिकको परिवारलाई प्रति परिवार एक लाख रुपैया उपलब्ध गराउने निर्णय भएको पनि नगर प्रमुख मानन्धरले बताए ।

त्यसैगरी रसुवा बाढीमा परी भीमेश्वर नगरपालिका भित्र स्थायी बसोबास रहेको कोहि नागरिक घाईते भएको अवस्थामा उपचार खर्चबापत प्रति व्यक्ति २५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख माननधरले बताए ।

सम्बन्धित समाचार