दोलखा/जिल्ला प्रशासन कार्यालय दोलखाको नेतृत्वमा विहिवार सदरमुकाम चरिकोटको मुख्य– मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलले बताए ।
विहिवार विहान १० बजेपछि सदरमुकाम चरिकोटको पुशपति मन्दिर चोक देखी सातदोबाटो चोकसम्म बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
अनुगमनको क्रममा खाद्यान्न वस्तुको म्याद भए– नभएको, मूल्यको अवस्था, ग्यासको अवस्था लगायत हेरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । अनुगमनको क्रममा बजारको एउटा पसलमा म्याद गुज्रीएको सामान भेटिए पछि उक्त पसल बन्द गराईएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, भीमेश्वर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, दोलखा उद्योग बाणिज्य संघ लगायतको प्रतिनिधि रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्