अहिले पो मानिससंग मनोरञ्जनका थुप्रै विकल्प देखिए, टेलिभिजन या फिल्महरु मात्र हैन फेसबुक, टिकटक, युटुब लगायतबाट समेत मानिसले प्रशस्तै मनोरञ्जन लिई रहेका छन् ।
आज भन्दा ५०÷५५ बर्ष अघिको समय कल्पना गरौन, झण्डै झण्डै रेडियो नेपाल एक्लो थियो मनोरञ्जनको साधन । २००७ सालबाट सुरु भएको रेडियो नेपालले लामो समय आम मानिसलाई मनोरञ्जन प्रदान गरिरह्रयो ।
आज भन्दा ४०÷५० बर्ष अघि देखि रेडियो नेपालमा दशैताका दूर्गा सप्त चण्डी रेडियो नाटक मार्फत एउटा हाँसो सुन्दै आएका छौ महिसाशुरको । त्यो हाँसो त्यतिबेला देखि अहिलेसम्म पनि बालबालिका, युवा र जेष्ठ नागरिक बीच लोकप्रिय छ । महिसाशुर बनेर त्यो हाँसो सहित रेडियो नाटक खेल्ने बरिष्ठ कलाकार मदनदास श्रेष्ठ ७३ बर्षको उमेरमा अहिले पनि ५०÷५५ बर्ष अघिकै जोश र उत्साहका साथ रेडियो नाटक र अभिनय कलामै सक्रिय छन् ।
रेडियो नाटकका चर्चित पात्र, बरिष्ठ कलाकार उनै महिसाशुर मदनदास श्रेष्ठ भदौ २३ गते देखि हरेक मंगलवार साँझ सात बजेबाट झण्डै २० मिनेट ‘द स्टोरी टेर्लस’ युटुभ च्यानल मार्फत ‘कथा– कथन’ कार्यक्रममा सुनिने छन् । रेडियो नेपालमा २०२१ सालबाट रेडियो नाटक मार्फत बिभिन्न भूमिकामा स्वर अभिनय गरेका बरिष्ठ कलाकार मदनदास श्रेष्ठ आफ्नो आवाजलाई माया गर्ने सबै उमेर समुहका स्रोताको माग र चाहनालाई सम्मान गर्दै ‘द स्टोरी टेर्लस’ युटुभ च्यानल मार्फत कथा– कथन कार्यक्रम सुरु गर्न लागेको बताउछन् ।
२०३५ सालबाट रेडियो नेपालमा नाटक निर्देशक तथा कलाकारको रुपमा समेत रहेका श्रेष्ठले स्वस्थानी लगायतका बिभिन्न धार्मिक नाटक, जेटिए र बुढी आमैको कृषि कार्यक्रम, आईएलओको सहयोगमा बनेको बाल श्रमीक सम्बन्धि ६५ भागको आरोहण अवतरण जस्ता रेडियो नाटकमा काम गरेका छन् । रेडियो नेपालबाट २०६६ सालमा अवकाश पाएपछि पनि उनले बिभिन्न रेडियो नाटक, सिनेमा स्कोप फिल्महरु, विज्ञापन, टेलि सिरियल आदीमा अभिनय गर्दै आएका छन् ।
अहिले पनि आम मानिसहरुले रेडियो नाटकलाई माया गरिरहेको र आफ्नो आवाजलाई रेडियो कार्यक्रममा सुन्न चाहेकोले आफुले युटुव च्यानल मार्फत बिभिन्न कथाहरु मा आवाज अभिनय गर्न कथा– कथन कार्यक्रम सुरु गर्न खोजेको बरिष्ठ कलाकार श्रेष्ठ बताउछन् ।

प्रतिक्रिया दिनुहोस्