बागमतीसमाचार

जेष्ठ नागरिकलाई न्यानो सिरक

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले वडा भित्रका जेष्ठ नागरिकहरु लाई न्यानो सिरक र पानी सुद्धिकरण गर्ने फिल्टर वितरण गरेको छ ।

वडा नम्बर– ७ मा रहेका ७५ बर्ष माथिका जेष्ठ नागरिकलाई दुई सय थान न्यानो सिरक र दुई सय थान पानी सुद्धिकरण गर्ने फिल्टर वितरण गरिएको वडा अध्यक्ष विनोद तमाङले बताए ।

वडाको आग्रहमा अस्ट्रियाका नागरिक एडुआर्ट, रोजालिया र हेल्गेले न्यानो सिरक र पानी सुद्धिकरण गर्ने फिल्टर उपलब्ध गराएको वडा अध्यक्ष विनोद तमाङले बताए । यो अभियानमा नेपाली नागरिक लाक्पा दोर्जी शेर्पा र चण्डिका श्रेष्ठको समेत सहयोग रहेको वडा अध्यक्ष तमाङले बताए ।

न्यानो सिरक तथा पानी सुद्धिकरण गर्ने फिल्टर वितरण कार्यक्रममा सहयोगी विदेशी तथा नेपाली नागरिकलाई प्रशंसापत्र सहित सम्मान समेत गरिएको थियो ।

सम्बन्धित समाचार