बागमतीस्वास्थ्य

३५ विपन्न परिवारलाई वडाको स्वास्थ्य विमा

दोलखा/वडा भित्रका विपन्न परिवार आर्थिक समस्याकै कारण स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यले भीमेश्वर नगरपालिका वडा नम्बर– ५ ले सुरु गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य विमा कार्यक्रमबाट यो बर्ष ३५ विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिएको वडा अध्यक्ष बासु श्रेष्ठले बताए ।

भीमेश्वर नगरपालिका वडा नम्बर– ५ ले आर्थिक बर्ष ०८१/०८२ मा जनप्रतिनिधिको भक्ता रकमबाट सुरु गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिदै आर्थिक बर्ष ०८२/०८३ मा ३५ विपन्न परिवारको निशुल्क स्वास्थ्य विमा गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रम सुरुको बर्ष जनप्रतिनिधिको भक्ता रकमबाट विपन्न नागरिक निशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको भएपनि आर्थिक बर्ष ०८२/०८३ मा भने वडाकै बजेटमा समावेश गरि कार्यक्रमलाई निरन्तरता दिईएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

वडा नम्बर– ५ ले सुरु गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य विमा कार्यक्रमको प्रभावकारितालाई हेरेर आर्थिक बर्ष ०८३/०८४ को लागि भने भीमेश्वर नगरपालिकाले नै नगर भरीका सबै विपन्न परिवारको निशुल्क स्वास्थ्य विमाको लागि बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

विपन्न नागरिक निशुल्क स्वास्थ्य विमा कार्यक्रमका कारण आर्थिक अभावमा सामान्य उपचार समेत गर्न नसक्ने विपन्न परिवारका सदस्यहरु निक्कै लाभान्वित भएको वडा अध्यक्ष बासु श्रेष्ठ बताउछन् ।

सम्बन्धित समाचार