दोलखा/दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा नेपाली सेनाले भक्तजनहरुको लागि लाईन बस्ने बार (रेलिङ) निर्माण गरेको छ । नेपाली सेनाको गरुडदल गण चरिकोटले निर्माण गरेको रेलिङ मध्यपूर्व पृतनाको पृतनापती उपरथी भुवन खत्रीले शुक्रवार भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा उपरथी खत्रीले नागरिक– सैनिक सम्बन्ध र सहकार्यलाई थप मजबुद बनाउने उदेश्य अनुरुप नेपाली सेनाले देशको बिभिन्न स्थानमा सामुदायीक आवश्यकताको पहिचान गर्दै सामुदायीक हितका कार्यहरु गर्दै आएको बताए ।
रथी खत्रीले नेपाली सेनाले शीघ्र प्रभावि योजना मार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, ऐतिहासीक, धार्मिक, सांस्कृतिक सम्पदाहरु संरक्षण र सामुदायीक आवश्यकताका पुर्वाधार विकासमा समेत योगदान गर्दै आएको बताए ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरले भीमेश्वर मन्दिरको संरक्षण– संम्वद्धन र विकासको लागि नगरपालिकाले बिभिन्न योजना सञ्चालन गर्दै आएको उल्लेख गर्दै नेपाली सेनाले ऐतिहासीक सम्पदा संरक्षणमा गरेको योगदान महत्वपूर्ण रहेको बताए ।

नेपाली सेनाको गरुडदल गणले भीमेश्वर मन्दिर परिसरमा सात लाख ४० हजार बराबरको ८७ मिटर स्टील र ५० मिटर फलामको रेलिङ निर्माण गरेको गणपति कर्णेल लोक सागर कटुवालले बताए ।
गरुडदल गणका गणपति कर्णेल लोकसागर कटुवालको सभापतित्वमा सम्पन्न रेलिङ उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, ९ नम्बर अड्डाका बाहिनिपति भुमिभट्ट बराल, प्रहरी नायव उपरीक्षक मनोज लामा, भीमेश्वर मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्