बागमतीसमाचार

प्रदेश बन मन्त्रालयको सक्रियतामा छलफल

दोलखा/बागमति प्रदेश बन तथा बाताबरण मन्त्रालयको सक्रियतामा बिभिन्न जिल्लाका मन्त्रालयसंग सम्बन्धित कार्यालयहरुले आर्थिक बर्ष २०८३÷०८४ को योजना तर्जुमा तथा छलफल कार्यक्रम आयोजना गरिरहेका छन् ।

डिभिजन बन कार्यालय दोलखा र भू तथा जलाधार व्यवस्थापन कार्यालय दोलखाले शनिवार आर्थिक बर्ष २०८३÷०८४ को योजना तर्जुमा तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।

बागमति प्रदेशका बन तथा बातावरण मन्त्री भरत बहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिभिजन बन कार्यालयका प्रमुख अनिल रेग्मी र भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख मंगल जाग्रीतले आर्थिक बर्ष २०८३÷०८४ मा सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बागमति प्रदेशका सांसद उर्मिला सुनुवार र ठूला थामी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, पालिका उपप्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यालयहरुको कामलाई प्रभावकारी बनाउन र स्थानीय स्तरमै समस्या तथा गुनासाहरु सुन्न जिल्ला– जिल्लामै पुगेर कार्यक्रम गर्न थालिएको बागमति प्रदेश बन तथा बातावरण मन्त्री भरत बहादुर केसीले बताए । यो कार्यक्रम रसुवा पछि दोलखामा आयोजना गरिएको प्रदेश मन्त्री केसीले बताए ।

सम्बन्धित समाचार