खेलकुदसमाचार

चरिकोटमा अन्तराष्ट्रिय चेस प्रतियोगिताको तयारी

दोलखा/आगामी २०८३ साल बैशाखको अन्तिम साता दोलखा सदरमुकाम चरिकोटमा अन्तराष्ट्रिय स्तरको चेस प्रतियोगीता आयोजना हुने भएको छ । दोलखा चेस होमले आगामी २०८३ साल बैशाख २८ देखी जेठ २ गतेसम्म छैठौ दोलखा खुल्ला अन्तराष्ट्रिय चेस प्रतियोगीता आयोजना गर्न लागेको हो ।

यस अघि आयोजना भएका अन्तराष्ट्रिय चेस प्रतियोगीता क्लासिकलमात्र हुने गरेकोमा यो पटक भने क्लासिकल र ¥यापीट दुबै इभेन्टमा हुने आयोजक दोलखा चेस होमका अध्यक्ष गोविन्द श्रेष्ठले बताए ।

यस अघिका खेलहरुमा बिभिन्न पाँच देशका खेलाडी सहभागि हुदै आएकोमा यो पटक भारत, बंगलादेश, चीन, मङ्गोलिया, फ्रान्स, अमेरीका लगायत १० देशका तीन सय खेलाडी सहभागि हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।

दोलखा सदरमुकाम चरिकोटमा आयोजना हुदै आएको अन्तराष्ट्रि चेस प्रतियोगिता चेसको अन्तराष्ट्रिय संस्था फिडेमा दर्ता भएको रेटिङ टुनामेन्ट भएको र यसपटक टुनामेन्ट सञ्चालनको लागि नेपाल बाहेक अन्य तीन देशका आरविडर (निर्णायक) समेत सहभागि हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा एक सय एक जना खेलाडीले झण्डै सात लाख नगद पुरस्कार लाने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीले एक लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालनको लागि सहयोग गर्न तीनै तहको सरकार, बिभिन्न संघ– संस्था र उद्योगी– व्यवसायीलाई अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार