काठमाडौँ/गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिको सातौ बार्षिक उत्सवको अवसरमा विहिवार काठमाडौँको बत्तिसपुतली स्थित होटल तपसमा च्छो– रोल्पा साँझ– २०८२ सम्पन्न भएको छ ।
कार्यक्रममा बरिष्ठ समाजसेवी एवम् गीतकार शोभित उप्रेतीले गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले सूचनाको माध्यमबाट समाजलाई सचेत गराउने अभियानसंगै साहित्य, संस्कृति र गीत– संगितको माध्यमबाट पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण टेवा पु¥याएको बताए ।
कार्यक्रममा पत्रकारहरु रमेश खतिवडा, जीवन लामा र सुवास योञ्जन, समाजसेवी शंकर जोशी, शिबराम थपलिया, रामचन्द्र कार्की तथा लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिका सञ्चालक प्रबिण प्रसाद थपलियाले बताए ।
बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न च्छो– रोल्पा साँझ– २०८२ कार्यक्रममा बागमति प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, तत्कालिन जिल्ला विकास समिति दोलखाका सभापति रुद्र बहादुर खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, नेपाल सरकारको पूर्व सचिव देवेन्द्र प्रसाद सिटौला, युवा समाजसेवी नबराज खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थापित कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्