बागमतीराजनीति

दोलखा एमालेको निर्णय– आगामी अध्यक्ष केपी शर्मा ओली

दोलखा/नेकपा एमालेको अध्यक्ष फेरि पनि केपी शर्मा ओलीनै हो भन्ने प्रस्ताव अब संस्थागत रुपमै आउन थालेको छ । पार्टीको ११ औ राष्ट्रिय महाधिवेशनको तयारी भै रहदा नेकपा एमाले दोलखाको ९ औ पूर्ण बैठकले नेकपा एमालेको अभिभावक राष्ट्रवादी नेता केपी शर्मा ओलीनै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टी अध्यक्षतामा रहनुपर्ने निर्णय गरेको छ ।

दोलखा जिल्ला कमिटीको निर्णय पार्टीको विधान महाधिवेशनले उमेर हद र दुई पटकको प्रावधान हटाएर केपी शर्मा ओलीनै आगामी अध्यक्ष भनेर दिएको सन्देशलाई संस्थागत गरिएको अर्थमा लिनुपर्ने एमाले दोलखाका इन्चार्ज एवम् पार्टी पोलिटब्युरो सदस्य पार्वत गुरुङको भनाई छ ।

राष्ट्रकै लागि केपी शर्मा ओलीको अपरिहार्यता देखिएको अवस्थामा एमालेको अध्यक्ष को भन्ने बहसनै बेकार छ, पोलिटब्यरो सदस्य एवम् दोलखा इन्चार्ज गुरुङले भने– त्यसैले एमाले दोलखाले पार्टीको आगामी अध्यक्ष पनि केपी शर्मा ओलीनै हो भनेर निर्णय गरेको छ ।

एमाले दोलखाको ९ औ पूर्ण बैठकले सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतलाई स्थानहदको निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्दै प्रतिरोधको निर्णय समेत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व परराष्ट्र मन्त्री आरजु राणा माथि भएको अभद्र व्यवहारको भत्र्सना गर्दै दोलखाका बिभिन्न नेताहरुको घरमा भएको आगजनि र कालिञ्चोक केबुलकारमा भएको तोडफोडको घट्ना अपराधिक कृयाकला भएको ठहर पनि बैठकले गरेको छ ।

एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले पार्टीको केन्द्रीय अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको उल्लेख गर्दै सोहि कुराको मनन गरेर जिल्ला कमिटी बैठकले आगामी अध्यक्ष केपी शर्मा ओलीनै हो भन्ने संस्थागत निर्णय गरेको बताए । उनले असंवैधानिक र अलोकतान्त्रीक बाटोबाट संसद विघठन भएकोले त्यसको पूर्नस्थापना हुनुपर्ने जिल्ला कमिटी बैठकको निर्णय रहेको बताए ।

एमाले दोलखाले आईतवार पत्रकार सम्मेलन गरेर ९ औ पूर्ण बैठकको निर्णय सार्वजनिक गरेको हो । सो अवसरमा पार्टी केन्द्रीय सल्लाहकार कमिटी सदस्य डबल पाण्डे, बागमति प्रदेश कमिटीका सचिवालय सदस्य एवम् प्रदेश मन्त्री भरत केसी, बागमति प्रदेश कमिटी सदस्य हरिबंश चौलागाई, लक्ष्मण गुभाजु, जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव स्वयम बहादुर खड्का, उपसचिव एवम् प्रचार विभाग प्रमुख हरि ओली, उपसचिव कमला वस्नेत लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार