दोलखा/२०७२ सालको विनाशकारी भुकम्पको १० बर्ष पुगेको सन्र्दभमा दोलखाको भीमेश्वर नगरपालिकाले बैशाख १२ गते शुक्रवार ‘२०७२ सालको विनाशकारी भुकम्पमा पूर्ननिर्माण तथा उत्थानशिलता’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा पालिकाका प्राविधिक शाखा प्रमुख ई.सुरेश राउतले पुर्ननिर्माण र उत्थानशिलताको लागि बिभिन्न गैरसरकारी संघ संस्थाको सहयोगमा गरेको काम, त्यसको प्रभावकारीता र आगामी योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।
प्राविधिक शाखा प्रमुख ई. राउतले भुकम्प लगायत अन्य प्राकृतिक प्रकोपको जोखिम न्युनिकरणको लागि भौतिक संरचना निर्माण लगायतका विषयमा सथानीय सरकारसंगै नागरिक पनि सचेत हुुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले, प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, पत्रकार चिरञ्जीवी मास्के, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विसक्सेन ढकाल, अधिकृत माधव सुवेदी, डा. सारा स्नाईडरम्यान, दोलखा चेम्बरअफ कर्मशका अध्यक्ष रुद्रजंग बुढाथोकी लगायतले भुकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट बच्न भौतिक संरचना निर्माण तथा अन्य कुराहरुमा नागरिक स्वयम सचेत हुनुपर्नेमा जोड दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्