दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर –६ वनगाउँ स्थायी घर भै हाल भीमेश्वर नगरपालिका वडा नम्बर– ३ निवासी हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुमन श्रेष्ठले विगत ६ महिना देखि च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटमा पूर्णकालीन सेवा दिदैं आउनु भएको छ । त्रिपुरा ग्लोरियस एकेडेमीबाट एसएलसी उत्तीर्ण गर्नु भएका मेधावी छात्रको रुपमा परिचित डाक्टर सुमनले दस जोड दुई हिमालयन ह्वाईट हाउस काठमाण्डौ, एमविविएस र हाडजोर्नी विशेषज्ञको अध्ययन किष्ट मेडिकल कलेज काठमाण्डा्रंैबाट पुरा गर्नुभएको हो ।
विशेषज्ञ अध्ययनपछि आफ्नो जिल्लाबाट नै सेवा प्रवाह सुरु गर्ने उदेश्यले दोलखाको एक सय शैयाबाट सञ्चालित च्छो–रोल्पा जनरल अस्पतालमा जोडिनुभएका हाडजोर्नी तथा नशा रोग रोग विशेषज्ञ डाक्टर श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानी ।
कति भयो च्छो–रोल्पा अस्पतालमा सेवा दिन थाल्नुभएको ?
हाडजोर्नी तथा नशा रोग विशेषज्ञको अध्ययन पुरा गरेपछि २०८१ आषाढको पहिलो हप्ता देखि च्छो–रोल्पा अस्पतालमा आवद्ध छु । अवको केही वर्ष आफु जन्मेको जिल्लाबाट नै सेवा प्रवाह गर्ने योजना छ ।
तपाई हाडजोर्नीको विशेषज्ञ डाक्टर, जिल्लामा मात्र सेवा दिँईरहदा तपाईको विज्ञताले न्याय पाउँछ ?
सवै भन्दा पहिला त दोलखा जिल्ला मेरो जन्म जिल्ला हो, यहाँका विरामीलाई सेवा दिन पाउनु मेरो लागि प्रमुख उपलब्धि र ऐतिहासिक अवसर हो । भलै,अवसरका हिसावले म देश विदेश जहाँ रहेर नि सेवा दिन सक्षम छु तर आफु जन्मे हुर्केको ठाँउमा आएर सेवा दिनु मेरो कर्तव्य पनि ठान्दछु । दोलखा जिल्लामात्रै नभएर रामेछाप र सिन्धुपाल्चोका विरामीलाई पनि समेट्र उपचार गर्न सकिन्छ । विशेषगरी हड्डी तथा नशा रोग सम्वन्धि उपचारमा मेरो संलग्नता रहन्छ । त्यसैले,े दुर्घटनामा परेका विरामीलाई झनै फाईदा पुग्छ । राजधानीमा त, प्रशस्तै अवसर छदै छ । तर जिल्लाबाट नै सेवा दिन सके सेवाग्राहीलाई चाहिँ मेरो विज्ञताले पक्कै न्याय गर्छ भन्ने लाग्छ ।
अहिले हाडजोर्नी सम्वन्धि कस्ता खालका सेवा दिनुहन्छ ?
अस्पतामा जनरल सेवा त छदैँछ । त्यसमा पनि विशेष गरी हाडजोर्नी नसा रोग सम्वन्धि जस्तैः हड्डी भाच्चिएको, मर्किएको, हात खुट्टा झमझमाउने, जोर्नी दुख्ने, ढाड कम्बर दुख्ने, तन्तु रिपियर गर्ने, जोर्नीमा सुई लगाउने लगायतको उपचार र आवश्यकता अनुसार शल्यक्रिया सेवा पनि निरन्तर दिदैंआएका छौं । हामीले अस्पतालमा “ट्रमा यूनिट”पनि स्थापना गरेकाछौं । दुर्घटनाबाट चोट पटक लागेका जुनसुकै विरामीलाई छिटो छरितो उपचार गर्न सकियोस् भन्ने उदेश्यले स्थापना गरिएको “ट्रमा यूनिट”ले प्रभावकारी सेवा दिनसक्छ । उपचारका क्रममा विरामी सिकिस्त भएको वा टाउकोमा चोट पटक लागेर थप उपचार आवश्यक परेको खण्डमा प्राथामिक उचपारपछि प्रेषण गर्नुपर्ने अवस्था पनि हुन्छ त्यसमा पनि हामी सचेतछौं । अर्को कुरा दोलखा जिल्लामा अत्याधुनिक सिआम मेशनिनको प्रयोगले हड्डी सम्वन्धि शल्यक्रिया गर्दे आएका छांै । यो सँगै प्रयोगशाला सेवामा गर्नु पर्ने “भिटामीन डि” लगायतका सवै सेवा उपलब्ध छ । डिजिटल ५०० एमएमको एक्सरे मेशिन पनि छ । विरामी जाँचको लागि आवश्यक साधन स्रोतले गुणस्तर सेवा प्रवाह गर्दै आएका छौं ।
सिआम मेशिन भन्नुभयो यसले के काम गर्छ ।
हड्डी सम्वन्धि शल्यक्रिया गर्दा भाच्चिएको ठाउँ पत्ता लगाउँछ र सिआम प्रयोग गरिएर गरिएको शल्यक्रियाबाट हड्डीमा रड राख्न धेरै सहज हुन्छ र शल्यक्रिया गर्दा ठूलो घाउ बनाउनु पर्देन । यो प्रविधि शल्यक्रियाको लागि उत्कृष्ट रहेको छ ।
अस्पतालले दिने सवै खालका सेवामा आम मानिसको पहुँच पुग्छ ?
स्वभावैले मैलै सेवा दिन अस्पताल नीजि र जिल्लाको ठूलो अस्पताल हो । तर सर्वशुलभ मूल्यमा नै हामीले सेवा दिने गरेकाछौं । कहिले काहिँ न्युनतम शुल्क बुझाउन नसक्ने विरामीलाई हामीले उपचारनगरी फर्काएका छैनौ,पहुँच पु¥याएका छौं । सामन्य तथा जटिल जुनसुकै प्रकृतिका विरामीलाई अस्पतालले गुणस्तरीय सेवा सर्वशुलभ तरिकाले उपलब्ध गराउने कुरामा हामी प्रतिवद्ध छौं ।
अन्त्यमा केही भन्नु छ ?
लगभग सबै कुरा आइसक्यो , आम सेवाग्राहीलाई मेरो अनुरोध के छ भने, जिल्लामा भएको सेवा सुविधाको प्रयोग गर्रौ समय र पैंसाको वचत हुन्छ । विश्वास र भरोसा हो सवै भन्दा ठूलो कुरा, हाम्रो सेवालाई भरोसा विश्वासका साथ प्रयोग गर्नुहोस् । गुणस्तरीयतामा सम्झौता गर्दैनौ । धन्यवाद
प्रतिक्रिया दिनुहोस्