दोलखा/लक्ष्मी सनराइज बैङ्कको सहायक कम्पनी लक्ष्मी लघुबित्त बित्तिय संस्था लि.को चरिकोट शाखाले संस्थाको १४ औ बार्षिक उत्सवको अवसरमा ग्राहक सदस्य, संस्थाका शाखा प्रबन्धक र कर्मचारीकाे उपस्थितिमा वित्तिय साक्षरता तथा पुर्नताजगी कार्यक्रम सम्पन्न भएकाे छ ।
सो अवसरमा संस्थाको महत्व, आवश्यकता, केन्द्र सुधार, कर्मचारी र ग्राहक बीचको सम्बन्ध सुदृढिकरणको लागि वित्तिय साक्षरता तथा पुर्नताजगी कार्यक्रमको आवश्यकता लगायतको विषयमा छलफल भएको थियो ।
बिभिन्न केन्द्रका २७ जना ग्राहक सदस्य सहभागि रहेको कार्यक्रममा कर्जाको सदुपयोग, उद्यमशिलता, बैङ्कीङ चक्र, लक्ष्मी लघुवित्तबाट प्रदान हुने सेवा सुविधा लगायतका विषयमा समेत छलफल भएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सहभागि ग्राहक सदस्यहरुले आफुहरुले लिएको कर्जा सदस्यहरुकै भएको र त्यसबाट ब्यापार– व्यवसाय गरेर लाभ लिनसक्ने अवस्था बनिरहेकोले कर्जा तथा बचत काराेवार इमान्दारीतापूर्वक गर्नु पर्नेमा जाेड दिएका थिए।
बार्षिक उत्सवको अवसरमा चार जना उत्कृष्ट ग्राहक सदस्यलाई सम्मान– पत्र समेत प्रदान गरिएको लक्ष्मी लघुबित्त बित्तिय संस्था लि. चरिकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्