बागमतीसमाचार

टोल सुधार समितिको चियापान

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ३ स्थित चरिघ्याङ टोल सुधार समितिले चरिघ्याङ गुम्बा व्यवस्थापन समितिको सहयोगमा विजया दशमी एवम् दिपावलीको अवसरमा चियापान तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बागमति प्रदेशका सांसद भरत बहादुर केसीले आफ्नो क्षेत्रको विकासको लागि सर्वप्रथम स्थानीयलेनै चासो दिनुुपर्ने बताए । प्रदेश सांसद केसीले ऐतिहासीक चरिघ्याङ गुम्बाको संरक्षण र व्यवस्थापनको लागि आफुु नगरप्रमुख हुुदा पनि सहयोग गरेको र अब पनि सहयोग गर्न तयार रहेको बताए ।
चरिघ्याङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लुुङगुुर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर– ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, रोल्वालिङ यातायात समितिका अध्यक्ष मिङ्गुुर शेर्पा र चरिघ्याङ टोल सुधार समितिको अध्यक्ष दावा लामाले सदरमुकाम चरिकोटको नामाकरण गर्ने चरिघ्याङ र चरिघ्याङ गुम्बाको विकास, प्रचार– प्रसार र संरक्षणमा तीनै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार