कला / साहित्यबिचार / ब्लग

गीत

सम्राट चाैलागाई

आफू मरेर गएपछी इतिहासमा

नाम लेखिनु पर्छ।

चौतर्फी मलामिले घेरेर लाशको

सम्मान गरिनु पर्छ।

के जोडको जिन्दगी थियो

जस्को आफ्नै रहर थियाे।

झुपडी भएपनी सुन्दर प्यारो

सुनौलो सपनाहरु थियाे।

केलाएर हेर्दा त्यो स्वर्गमा

भगवानले गर्भ गरिनु पर्छ।

सत्य इमानले भरिएको अमृत वाणी

यहाँ छरिनु पर्छ।

बचाएर राख्नु इज्जत सफल नारी

पुरुषले जीवनमा।

जुनकिरी बल्दै अरुलाई उज्यालो

छर्दिन्छ अध्यारोमा।

घडि हेरेर तन्नेरी बन्दैन यहाँ

समयमा पुण्य गरिनु पर्छ।

झाडु लगाएर मन सफा हुदैन त्यहाँ

सफा दिल हुनु पर्छ।

सम्बन्धित समाचार