अन्तरास्ट्रियमुख्य समाचारशिक्षा

बौद्ध भिक्षु गुरु भेट्न परराष्ट्रमन्त्री शैलुुङमा

दोलखा/दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ७ फस्कु साँगुतेमा निर्माण भएको बौद्ध विहार (ध्यान केन्द्र) मा आउनु भएका बुद्धत्व प्राप्त एकमात्र जिवित विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोलाई उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले सोमवार भेटगर्नु भएको छ ।

nagarjun

बर्मामा जन्मिएर भियतनाममा बस्दै आउनु भएका विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडो विगत दुई महिना देखी शैलुङ गाँउपालिका वडा नम्बर– ७ मा रहेको बौद्ध विहारमा रहनुु भएको छ ।

विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोको भिसा सकिन लागेर नविकरणको लागि उहाँको प्रतिनिधि तारा राई परराष्ट्र मन्त्रालय पुुगेको बेला परराष्ट्र मन्त्री श्रेष्ठले गुरुको बारेमा जानकारी लिनुभएको थियो । त्यस लगतै सोमवार दिउँसो गुरुलाई भेट्न उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ साँगुतेको बौद्धविहारमा पुग्नु भएको हो ।

विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोलाई बर्मा, भियतनाम, थाईल्याण्ड, लाओस, कम्बोडिया लगायतका मुलुकमा बौद्ध धर्माम्वलम्बिहरुले बुद्धकै रुपमा पुज्ने गरेका छन् ।

विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोकै पहलमा आफु शैलुङ गाँउपालिकाको प्रमुख भएको बेला बडा नम्बर– ७ फस्कु साँउतेमा झण्डै एक सय १० रोपनी क्षेत्रफलमा बौद्ध विहारको निर्माण सुरु गरिएको भरत प्रसाद दुलालले बताउनु भयो । बौद्ध विहार निर्माणको काम अहिलेसम्म नब्बे प्रतिशत सकिएको दुलालको भनाई छ ।

बौद्ध विहार निर्माणको लागि देशको बिभिन्न ठाँउ हेरिएको भएपनि विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोले शैलङुको पवित्र भूमिलाई रोज्नु भएको दुलालले बताउनु भयो ।

फस्कु साँउतेको बौद्ध विहारमा अहिले विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडो सहित नेपाल, बर्मा, भियतनाम लगायतका ४० जनाले ध्यान गरिरहेको पनि शैलुङ गाँउपालिकाका पूर्व प्रमुख दुलालले बताउनु भयो ।

विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोलाई भेट्न फस्कुको साँउते स्थित बौद्ध विहार पुुग्नुभएका नेकपा माओवादी केन्द्रका नेता एवं परराष्ट्र मन्त्री श्रेष्ठसंग स्थानीयले शैलङुको भौतिक तथा पर्यटकीय विकासको बारेमा छलफल समेत गरेका थिए ।

शैलुुङ गाँउपालिकाका पूर्व अध्यक्ष भरत प्रसाद दुलाल, एमाले नेता नेत्र मोक्तान लगायतले उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठसंग को छलफलको क्रममा शैलुुङमा १५ किलोमिटर पक्की सडक निर्माण र खानेपानीको व्यवस्थापको पहल गरिदिन आग्रह गरेका थिए । उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठसंग नागरिक उड्यन तथा पर्यटन मन्त्रालयका सचिव गणेश पाण्डे र लुम्बिनी विकास कोषका बोर्ड सदस्य राजेश शाक्य पनि फस्कुको बौद्ध विहार पुुग्नु भएको थियो ।

तस्विर साैजन्य- नेत्र माेक्तान

सम्बन्धित समाचार