कला / साहित्यसमाचार

कालिञ्चोकको टाँपुमा फेसन रनवे

दोलखा/दोलखा जिल्लामा पर्ने तीन हजार आठ सय ४२ मिटर उचाईको कालिञ्चोकमा पहिलो पटक ‘कालिञ्चोक फेसन रनवे– २०२४’ आयोजना गरिएको छ ।
कालिञ्चोक टाँपुमा आयोजना गरिएको फेसन रनवेमा सहभागि मोर्डलहरु पहिलो पटक उचाईमा आयोजना भएको कार्यक्रममा सहभागि हुनपाउदा खुशी देखिएका थिए ।
ब्राईट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘कालिञ्चोक फेसन रनवे– २०२४’ मा चर्चित मोडलहरु दिक्पाल कार्की, प्रिया रानी लामा, आरसु मर्हजन, अपेक्क्षा सेरचन लगायत ३० जनाको सहभागिता रहेको थियो ।


धार्मिक महत्व एवं प्राकृतिक सुन्दरताको टाँपुमा पर्यटन प्रवद्धन गर्ने उदेश्यले ‘कालिञ्चोक फेसन रनवे– २०२४’ आयोजना गरिएको ब्राईट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले बताए ।
फेसन रनवेको समयमा हिमपात नभएपनि केही दिन अघि भएको हिमपातले कालिञ्चोकको टाँपु आसपास हिँउ देखिएको थियो, आयोजक ब्राईट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीले भने– तीन हजार बढी उँचाईको टाँपुमा हिँउको मजालिदै फेसन रनवेमा सहभागि हुन पाउदा मोडलहरु खुशी भएका छन् ।
उनले प्राकृतिक सुन्दरताको कालिञ्चोक टाँपुमा यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । उचाईको टाँपुमा फेसन रनवे आयोजना आफैमा रोमाञ्चक छ, बुढाथोकीले भने– यसले कालिचोकमा देशी– विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिएका छौ ।

सम्बन्धित समाचार