कला / साहित्यशिक्षासमाचार

भानु जयन्तीमा रामायण बाचन र पुस्तक सार्वजनिक

दोलखा/आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तिको अवसरमा भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखा र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले संयुक्त रुपमा रामायण बाचन तथा पुस्तक सार्वजनिक कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा कवि, साहित्यकार बिष्णु सुवेदीलाई भानु विद्यापति साहित्यिक पुरस्कार २०८० बाट सम्मान गरिएको थियो । कार्यक्रममा दोलखाको भीमेश्वर नगरपालिकाले प्रकाशन गर्दै आएको दोलखा साहित्य यात्रा– ४ समेत सार्वजनिक गरिएको थियो ।
रामायण बाचन कार्यक्रममा बुढा भीमशेन मावि धरमघरको सुस्मा विश्वकर्मा, निशा खत्री र रुविका विश्वकर्माको समूह प्रथम, त्रिपुरा बोर्डिङ स्कूल चरिकोटको विज्ञाता घिमिरे द्धितिय, कुटिडाँडा मावि मकैवारीको जिज्ञासा सुवेदी, दिपिका थापा र नन्जीता थापाको समूह तृतिय र हिम्स एकेडमिकका ऋचा दुलाल सान्त्वना भएका थिए । कार्यक्रममा एसएस फाउण्डेशन दोलखाका संयोजक नवराज खड्का र रामायण बाचन गर्नुहुने जेष्ठ तथा पौढ नागरिकहरुलाई सम्मान गरिएको थियो ।
भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाका अध्यक्ष शङ्करलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडा, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको संरक्षक चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, साहित्यकार केशव चौलागाई, जीत कार्की र भानु विद्यापति साहित्य प्रतिष्ठानका सचिव सुन्दर खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका अतिथिहरुलाई एसएस फाउण्डेशनले भानुभक्तले लगाउने जस्तो कालो टोपि उपहार दिएको थियो ।

सम्बन्धित समाचार