बागमतीशिक्षासमाचार

युवा र नवपर्वतनः वक्तृत्वकला

दोलखा/जिल्ला युवा समिति दोलखाले सदरमुकाम चरिकोटमा जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । युवा र नवपर्वतन शिर्षकमा आयोजना गरिएको प्रतियोगितामा सहिद स्मृति आवसिय मावि जिरीकी मेलिशा ढुङ्गेल प्रथम भएकी छन् ।
जिल्लाभरीका २० जनाको सहभागिता रहेको प्रतियोगीतामा पशुपति कन्या मन्दिर मावि चरिकोटको विपना नेपाली द्वितिय र मेलुङ गाँउपालिकाका सुदिप कुमार कार्की तृतिय भएका छन् । विजयी प्रतियोगीहरुलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
जिल्ला युवा समिति दोलखाका सभापति भरत कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शङ्कर बाबु श्रेष्ठ, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, कालिञ्चोक माविका प्रधानाध्यापक शम्भु गौतम, कालिञ्चोक गाँउपालिकाको शिक्षा शाखा प्रमुख रोशनी आचार्य, सर्व मावि जिलुको प्रधानाध्यापक विश्वमणी चौलागाई, भीम माविको नेपाली शिक्षक समिरा वस्नेत, अखिल क्रान्तिकारीको जिल्ला संयोजक अर्टिस मोक्तान लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार