कला / साहित्यबिचार / ब्लगमनोरन्जन

आफ्नाे हुन्न

सम्राट चाैलागाई

अपबादमा नराख्नु, संगै जिउने भएपछी

चोर गाई आफ्नो हुन्न, बाली चाेरी गएपछी

त्यही छाँया मलाइ सितल छ,

तिम्रै गालिमा पनि माया छ

प्यासी छु म तिम्रै त्यो मायाको,

लाजका गहना तिम्रै चाहनाको

छेउमै बसि तिमी र म, संगै रुने भएपछी

दियो जस्तै बल्ने बत्ती, तिमी हुने भएपछी

ताज तिमी मायाकी शिर हौ,

पाटो फरक रामको तिर हौ

चोखो मायामा फुल बर्सन देउ,

अरु हैन मेरो मायाको आस हौ

अरु हुन्न नारी शक्ति, तिमी मेराे भएपछी

मनको देउता खाेज्दिन म, संगै साथ रहेपछि

सम्बन्धित समाचार