अर्थ र ब्यापारबागमतीसमाचार

दोलखा उद्योग बाणिज्य संघको अधिवेशन सम्पन्न

दोलखा/दोलखा उद्योग बाणिज्य संघको २३ औ बार्षिक साधारणसभा तथा १५ औ अधिवेशन आईतवार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठले गर्नु भएको थियो ।
उद्घाटनको अवसरमा दोलखाका क्रियासिल पत्रकार जीवन लामा र नवराज शिवाकोटी लगायत संघका पूर्व अध्यक्षहरु, भुकम्पले क्षतिग्रस्त संघको भवन निर्माणमा सहयोग गर्ने दाताहरु र कोरोनाको समयमा व्यवसायीहरुलाई बिभिन्न सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, प्रतिनिधि सभा सदस्य गंगा कार्की, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला वस्नेत, नेपाली कांग्रेसका सभापति बर्मा लामा, प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य रामेश्वर मानन्धर, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, दोलखा चेम्बर अफ कर्मसका अध्यक्ष बिष्णु श्रेष्ठ, दोलखा उद्योग बाणिज्य संघका सचिव बिमल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संघको १५ औ अधिवेशनले वर्तमान अध्यक्ष इन्द्र बहादुर श्रेष्ठकै अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गर्ने सहमति भएको जनाईएको छ ।

सम्बन्धित समाचार