समाचारस्वास्थ्य

राष्ट्रिय पोल्ट्रि दिवसमा अण्डा र मासु वितरण

दोलखा/राष्ट्रिय पोल्ट्रि दिवसको अवसरमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चरिकोटले गर्भवती महिला, बालबालिका, कुपोषण र पुड्को भएका बालबालिका तथा अशक्त र विरामीहरुलाई अण्डा वितरण सुरु गरेको छ ।
केन्द्रले दोलखाको बैतेश्वर गाँउपालिकाको काब्रेमा रहेको हनुमन्तेश्वर माविका विद्यार्थी, सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालका विरामी तथा गर्भ जाँचको लागि आएका महिला, चरिकोटकै गौरीशङ्कर बालगृहमा रहेका बालबालिका र आवाज नेपालमा रहेका जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई अण्डा तथा मासु वितरण गरिएको सूचना अधिकारी डाक्टर ध्रुब डिसीले बताउनु भयो ।
पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षिय सहभागिता, खाध्य र पोषण सुधार हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सोमवारबाट सुरु भएको साताहाव्यापी दशौ राष्ट्रिय पोल्ट्रि दिवसको अवसरमा जिल्लाको बिभिन्न विद्यालय, स्वास्थ्य संस्था र समुदायमा रहेका गर्भवती महिला, बालबालिका तथा अशक्त महिला तथा बालबालिकाहरुलाई अण्डा र मासु वितरण गरिने भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चरिकोटका सूचना अधिकारी डाक्टर ध्रुब डिसीले बताउनु भयो ।

सम्बन्धित समाचार