काठमाडौं । नेकपा एमाले निकट निर्माण व्यवसायीहरुको संगठन ‘नेपाल निर्माण उद्योग परिषद्’को केन्द्रिय कार्यालय उद्घाटन भएको छ । सोमबार बिहान एक कार्यक्रमको आयोजना गरेर काठमाडौंको कोटेश्वरमा रहेको उक्त कार्यालय एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नु भएको हो ।
कार्यालयको उद्घाटन गर्दै एमाले महासचिव शंकर पोखरेलले संकटमा परेको नेपाललाइ संकटबाट मुक्त गर्ने क्रम रहेको बताउनु भयो । संविधान निर्माण भएपछिको समयमा नेपालको अर्थतन्त्र निकै राम्रो भएको तर यस अघिको गठबन्धन सरकार बनेपछि समस्या आएको बताउनु भयो । सर्वोच्च अदालतको फैसलाले कमजोरले शासन गर्ने परिपाटीको सुरुवात गरायो त्यसपछि समस्या सुरु भएको र यस अघिको प्रचण्ड नेतृत्वको सरकार रहुन्जेल सम्म संकट रहेको बताउनु भयो । उहाँले गएको वर्षको यहि अवधीमा भन्दा यो वर्ष ६६ प्रतिशत बढी भुक्तानी निर्माण व्यवसायीलाइ भएको तथ्यांक सुनाउनु भयो । भएको सुधारलाइ सुधार भयो भनेर नभन्नु निर्माण व्यवसायीहरुको कमजोरी रहेको पनि उहाँले बताउनु भयो ।
यस अघिको सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले निर्माण व्यवसायीको भुक्तानी गर्न त सकेनन् तर भुक्तानी गर्न पर्नि छ भनेर दायित्वमा पनि नराखेको बताउनु भयो । तेस्ताको आलोचना नहुने तर अरुले गरेको गल्तीलाइ पनि सुधार गर्ने र भुक्तानी गर्न प्रयत्न गर्ने अहिलेको सरकारको आलोचना हुनु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । कतिपय निर्माण व्यवसायीहरुले काम गर्नको लागि लिएको ‘मुभिलाइजेशन फण्ड’ जग्गामा नाफाको लागि हालेका तर घाटा भएपछि निर्माण व्यवसायी थला परेको जस्को कारण सिङ्गो निर्माण क्षेत्रनै थला परेको बताउनु भयो । निर्माण व्यवसायीहरु काम गर्न होइन ठेक्का पार्न बिलोमा टेन्डर हाल्ने गरेको बताउनु भयो । निर्माण व्यवसायीहरुले राज्यले तय गरेको काम गर्न आचारसंहिता बनाएर अस्वस्थ प्रतिस्पर्धालाइ रोक्न पर्ने उहाँले सुझाव दिनु भयो ।
एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसंगठनमा परेको समस्या समाधानमा आफु लागिरहने बताउनु भयो । लामो समयपछि बलियो सरकार बनेको र यो सरकारको बदनाम गराउन केही तत्व लागेको बताउनु भयो । सबैले आआफ्नो जिम्मेवारी पुरा गर्ने तर सरकारमा रहेको शक्तिलाइ अनावश्यक आलोचना गर्नु उपयुक्त नभएको बताउनु भयो । राज्यको तर्फबाट भएका कमिकजोरी भएमा हटाउने र निर्णय व्यवसायीहरुले पनि कमजोरी हटाउन पर्नि बताउनु भयो । केही निर्माण व्यवसायीको कारण निर्माण क्षेत्र बदनाम भएको बताउनु भयो ।
एमालेका केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार तथा यातायात बिभागका पुर्व प्रमुख डा. कृष्णबहादुर केसी निर्माण व्यवसायमा समस्या आउँदा सबै क्षेत्रमा समस्या आउने गरेको बताउदै अहिलेको सरकारलाइ निर्माण व्यवसायमा गर्न पर्नि काम आफुहरुले लेखेर दिएको र सोहि अनुसार काम गरेको बताए । नेपालले चीनसङ्ग पनि ऋणलिन पर्नि तर नेपालको हितमा हुन पर्नि बताउनु भयो । बिश्व बैंक, एसियायी बैंकको नाजायज सर्तमा ऋण लिन हुनि तर चाइनासङ्ग जायज सर्तमा ऋण लिन किन नहुनि ? प्रश्न गर्नु भयो । प्रधानमन्त्रीलाइ चीन भ्रमणको क्रममा चीनसङ्ग ऋणलिने बाताबरण बनाइदिन पर्नि बताउनु भयो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव बालकृष्ण सिवाकोटीले एमालेको सरकार बनेको बेलामा धेरैतिर निर्माणका काम सुरुहुने र एमालेको सरकार गिरेपछि निर्माण व्यवसायमा समस्यनै समस्या आउने गरेको बताउनु भयो । सरकारलाइ सहयोग गर्दै समस्या समाधान गर्न लाग्न पर्ने बताउनु भयो ।
लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष होमनाथ कोइरालाले निर्माण व्यवसायीहरुको हकहितमा मिलेर काम गर्न पर्नि बाताउनु भयो । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले व्यवसायीहरुले भुक्तानी नपाएको कारण मर्कामापरेकोले पार्टीको तर्फबाट सरकार सम्म कुरा पुर्याउन आग्रह गर्नु भयो । नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका मंगल शाहीले नेपाल सरकारले प्राथमिकीकरणको आधारमा टेन्डर निकाल्न पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा पोलिटब्युरो सदस्य सुजिता शाक्या, केन्द्रिय सदस्यहरु जीवन गौतम, गीता कार्की अन्य दलका निर्माण व्यवसायी संघ संगठनका प्रतिनिधिहरु को उपस्तिथि रहेको थियो । अध्यक्ष बलिभद्र राना बाट अध्यक्षता तथा स्वागत गर्नु गर्नु भएको थियो भने संचालन परिषद महासचिव रामशरण देउजाले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्