बागमतीराजनितिसमाचार

‘एक घर, एक धारा’ अभियान

दोलखा/दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर– ६ ले ‘एक घर, एक धारा’ अभियान अन्र्तगत तीन सय बढि धारा निमार्ण गरेको जनाएको छ ।
वडा नम्बर– ६ मा ‘एक घर, एक धारा’ अभियान अन्र्तगत तीन सय ५० वटा धारा निमार्ण गरिएको वडा अध्यक्ष असोक तमाङले बताउनु भयो । ‘एक घर, एक धारा’ अभियान अन्र्तगत वडाको माथिल्लो भेगको मेगेचौर, डाँडागाउँ, दार्मे, बैती, आगेटार, नाम्दु कोटगाउँ, कार्की बुस्ती र भिरामुनी बस्तीमा तीन सय ५० वटा धारा निमार्ण भएको वडा अध्यक्ष तमाङले बताउनु भयो ।
वडाले निर्माण गरेका धाराहरु मध्य करिब दुई सय धारा बालमैत्री रहेको वडा अध्यक्ष तमाङको भनाई छ । धारा निमार्णको लागि बैतेश्वर गाउँपालिका, संघ र बागमति प्रदेश सरकारबाट रकम प्राप्त भएको वडाले जनाएको छ । वडाले तीन सय ५० धारा निमार्णका लागि एक करोड ५० लाख रुपैया खर्च गरेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।


वडाबासी सबैलाई खानेपानी को पहुँचमा पु¥याउन र सरकारको लगानी सही सदुपयोग गर्न ‘एक घर, एक धारा’ अभियानले सहयोग पुगेको वडा अध्यक्ष तमाङको भनाई छ । अभियान अन्र्तगत वडामा धारा निर्माण्ण भएपछि लामो समयदेखि पानीको समस्या झेल्दै आएका स्थानीय खुशी भएका छन् । गत वर्ष काम नभएका बस्तीहरुमा पनि अभियान अन्र्तगतनै धारा निमार्णको काम सुरु गरिने वडा अध्यक्ष तमाङले बताउनु भयो ।

सम्बन्धित समाचार