कला / साहित्यपत्रपत्रिका

कथाकार अमरकुमारलाई बिष्णुलक्ष्मी/ तुलसीमाया साहित्य सम्मान

दोलखा/बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक बर्ष माघ– १ गते माघेसंक्रान्तिको दिन वितरण गर्दै आएको बिष्णुलक्ष्मी/तुलसीमाया साहित्य सम्मान– २०८० बाट दोलखा सहरका स्थापित कथाकार अमरकुमार प्रधानलाई सम्मान गरिएको छ ।
पत्रकार चिरञ्जीवी मास्केले आफ्नो जन्म दिने र कर्मदिने आमाहरुको नाममा २०६८ सालमा स्थापना गर्नुभएको उक्त पुरस्कार हरेक बर्ष माघ– १ गते माघेसंक्रान्तिको दिन जिल्लाको एकजना उत्कृष्ट साहित्यकारलाई प्रदान गरिदै आएको छ । कार्यक्रममा प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले साहित्यकार/कथाकार अमरकुमार प्रधानलाई नगद १० हजार सहित सम्मानपत्र प्रदान गरेका थिए । सोहि अवसरमा बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले हरेक बर्ष माघ– १ गते प्रकाशन गर्दै आएको प्रदेय साहित्यिक पत्रिका सार्वजनिक गरेका थिए ।


कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नगरप्रमुख मानन्धरले कला, साहित्य, संस्कृतिको विकास, प्रवद्धन र जर्गेना गर्ने कुरा स्थानीय तहको मुख्य दायित्व भएको बताए । उनले भीमेश्वर नगरपालिका ती दायित्वहरुबाट विमुख नहुने प्रतिवद्धता समेत व्यक्त गरे ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष बिष्णु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, मेलुङ गाँउपालिकाका उपप्रमुख गायत्री आचार्य, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य रामप्रसाद दहाल, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण वस्नेत, भानु विद्यापति साहित्यिक प्रतिष्ठान दोलखाका अध्यक्ष शङ्करलाल श्रेष्ठ, सचिव शुन्दर खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल प्रेस युनियनको केन्द्रीय सचिव लालकुमार मोक्तान, भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रीजन घिमिरे, पूर्व अध्यक्ष जीवन लामा, साहित्यकार जीत कार्की लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार