पत्रपत्रिकासमाचारसुचना

खोज तथा डिजिटल पत्रकारिता तालिम

दोलखा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाले खोज तथा डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ ।
भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा विहिवारबाट सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुने फोनिज दोलखाले जनाएको छ । तालिमको उद्घाटन गर्नुहुदै भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेतले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गर्नुहुदै पत्रकारहरुको क्षमता अभिवृद्धिमा नगरपालिकाको सधै साथ र सहयोग रहने बताउनु भयो ।
फोनिज दोलखाको अध्यक्ष अर्जुन पाख्रिनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य चिरञ्जीवी मास्के, भीमेश्वर नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष नविन लामा, नेपाल पत्रकार महासंघ दोलखाको सचिव दिलबहादुर केसी, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले, नेपाली कांग्रेस दोलखा क्षेत्र नम्बर १ को क्षेत्रिय उपसभापति सुवास लामा, फोनिज दोलखाको सचिव अनिता लामा, सहसचिव सुजन थामी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
तालिममा बिभिन्न मिडियामा कार्यरत २५ जना पत्रकारहरुको सहभागिता रहेको र चिरञ्जीवी मास्के, जीवन लामा, केदार शिवाकोटी, दिलबहादुर केसी, अर्जुन पाख्रिन, नारायण सेढाई, भोला खतिवडा लगायतले सहजिकरण गर्ने फोनिज दोलखाले जनाएको छ ।

सम्बन्धित समाचार