पत्रपत्रिकायो पनिशिक्षासमाचार

जिल्ला प्रहरी कार्यालयलाई पुस्तक

दोलखा/गौरीशङ्कर सामुदायीक पुस्तकालय चरिकोटले जिल्ला प्रहरी कार्यालय दोलखालाई बिभिन्न प्रकारका पुस्तकहरु उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालयमा बिभिन्न अभियोगमा हिरासतमा रहेका मानिसहरुलाई अध्यनको लागि ती पुस्तक उपलब्ध गराईएको पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर वस्नेतले बताउनु भयो ।
बिभिन्न अभियोगमा प्रहरी कार्यालयको हिरासतमा पुग्ने मानिसहरुलाई पुस्तक अध्यनबाट फाईदै हुने अपेक्षाले बिभिन्न प्रकारका पुस्तक उपलब्ध गराईएको अध्यक्ष वस्नेतको भनाई छ ।
गौरीशङ्कर सामुदायीक पुस्तकालयले जिल्ला प्रहरी कार्यालय दोलखालाई कथा, उपन्यास, बिभिन्न व्यक्तिको जिवनी जस्ता साहित्यिक पुस्तक, इतिहाससंग सम्बन्धित बिभिन्न पुस्तकहरु र कानुनसंग सम्बन्धित बिभिन्न पुस्तकहरु गरी ८२ थान पुस्तक उपलब्ध गराईएको अध्यक्ष वस्नेतले बताउनु भयो ।
पुस्तकालयले बिभिन्न प्रकारका पुस्तकसंगै दराज समेत उपलब्ध गराएको पुस्तकालयले जनाएको छ । बिभिन्न प्रकारका पुस्तक र दराज गरी झण्डै ५० हजार खर्च भएको अध्यक्ष वस्नेतले बताउनु भयो ।

सम्बन्धित समाचार