SKIP THIS

NAgarjun
मुख्य समाचारशिक्षासमाचार

जिएस स्र्पाक जर्नल प्रकाशित

दोलखा/सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले पहिलो पटक जिएस स्पार्क जर्नल प्रकाशन गरेको छ । अनुसन्धान मूलक लेखहरु रहेको जर्नलको विमोचन जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानीले गर्नु भएको थियो ।
विमोचन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै समन्वय प्रमुख वर्जुराम घतानीले जिम्मेवार निकायमा रहेका व्यक्तिहरुले नै आफ्नो देशको शिक्षा प्रणालीमा विश्वास नगरेर आफ्ना सन्तानलाई विदेशमा पढ्न पठाउनु दुःखद् भएको बताउनु भयोे । गौरीशङ्कर क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, मेलुङ गाउँपालिकाका प्रमुख हिरा कुमार थोकर, क्याम्पस प्रमुख शान्त केसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार