मुख्य समाचारलुम्बिनीसमाचार

जिप दुर्घटना हुँदा २ जनाको मत्यु

सरिता चलाउने

सल्यान/ सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मत्यु भएको छ भने एक जना घाईते भएका छन । रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च. १०२५ नं. को सिंगल क्याप जिप राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका ३ चोरखोला सेतापैरामा सोमबार बिहान ६ बजे दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मत्यु भएको छ भने एक जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा चालक जिल्ला दाङ तुलसिपुर उ.म.न.पा. १८ बस्ने अन्दाजी २५/२६ बर्ष को भक्त बहादुर घर्ती र साहु जिल्ला दाङ तुलसिपुर उ.म.न.पा. १८ बस्ने अन्दाजी ५० वर्ष को गणेश बुढा रहेकाे प्रहरीले जनाएकाे छ ।

घाईते हुनेमा दाङ तुल्सिपुर उपमहानगरपालिका २ बस्ने वर्ष ३५ को नारायण योगी रहेको प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । घाईतेको उपचारको लागी दाङतर्फ पठाईएको छ । मृतकहरुको सनाखत हुन नसकेको उहाँले बताउनु भयो । जिप अनियन्त्रित भई सडकबाट करि ३ सय ५० मिटर तल खसेको छ ।

सम्बन्धित समाचार