अर्थ र ब्यापारबागमतीसमाचार

किष्टलको गहना बनाउने तालिम

दोलखा/गौरीशङ्कर सामुदायीक पुस्तकालयले सञ्चालन गरेको किष्टलको गहना बनाउने तालिम आज सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको तालिमका सहभागिहरुले बनाएका किष्टलका गहनाहरु शुक्रवारबाट सुरु भएको दोलखा महोत्सवमा बिक्रिको लागि समेत राखिएको छ ।
तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले महिलाहरुलाई व्यवसायीमा अभिप्रेरीत गर्दै आत्मनिर्भर बनाउन नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
नगरप्रमुख मानन्धरले महिलाहरुले १० दिनमात्रै तालिममा सहभागि भएर पनि कृष्टलका उत्कृष्ट गहना बनाएको उल्लेख गर्नुहुदै उत्पादीत सामानले बजार नपाए त्यसको व्यवस्थापनमा समेत नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
तालिमका सहभागि गंगा थामी, अप्सरा श्रेष्ठ र सानू कार्कीले व्यवसायीक रुपमा सामान निर्माणको लागि थप तालिमको व्यवस्था, बजारको व्यवस्थापन र समूहलाई सहयोग गर्न सरोकारवालाहरुसंग आग्रह गर्नु भएको थियो । तालिमका २० जना सहभागिहरुले सिर्जनसिल लघु उद्यम समूह गठन गरेको र सामुहिक रुपमा किष्टलका गहना उत्पादन गर्ने तालिमका सहजकर्ता रेखा परियारले बताउनु भयो ।
गौरीशङ्कर सामुदायीक पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतको सभापतित्वमा सम्पन्न तालिम समापन कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, प्रेस काउन्सिल नेपालको सदस्य चिरञ्जीवी मास्के, पुस्तकालयका सचिव नवराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले समूहलाई संस्थागत गर्न पुस्तकालयको तर्फबाट कम्तिमा ५० हजार सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

किष्टल तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै नगरप्रमुख इश्वर नारायण मानन्धर

सम्बन्धित समाचार