दाेलखा/ नेपालको पुरानो प्रकाशन गृह साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रसिद्ध नियात्राकार डा.दामोदर पुडासैनी ‘किशोर’को नियात्रा सङ्ग्रह ‘डाेल्पाे ओ डाेल्पाे’ र कवि तथा निबन्धकार श्रीबाबु कार्कीको आत्मपरक निबन्धहरूको सङ्ग्रह ‘सन्दिग्ध शताब्दी’ लोकार्पण गरेको छ । सो कार्यक्रम स्वागत मन्तव्यका रूपमा साझाका महाप्रबन्धक तथा वरिष्ठ कवि प्रल्हाद पोखरेलले कवितात्मक रूपमा सम्पूर्ण अतिथिज्यूहरूलाई स्वागत गर्नुभएको थियो । श्रीबाबु कार्कीकृत आत्मपरक निबन्धसङ्ग्र ‘सन्दिग्ध शताब्दी’माथि समालोचक तथा कवि प्रमोद प्रधानले नेपाली आत्मपरक निबन्ध लेख्ने निबन्धकारहरू निक्कै कम रहेको उल्लेख गर्दै श्रीबाबुको निबन्ध जीवन र जगतलाई नजीकबाट हेर्न सकिने शक्तिशाली सङ्ग्रह रहेको बताउनु भयो । भाषामा काव्यिकतत्वले भरिएका यी निबन्ध खण्डिकृत गरिदिएर कविताको फममा राखिदिने हो भने कुनै शक्तिशाली र कालजयि कविताभन्दा कम नरहेको स्पष्ट पार्नु भयो । निबन्धका हरेक हरफहरूमा कलात्मक भाषा शैली, पठनमा लयात्मकता, सघन सूक्तिमयता र जीवन दर्शनको गहिराईमा पुगेको अनुभूति पाठले गर्न सक्नेछन् । सङ्ग्रहका हरेक निबन्धहरू कालजयि र निबन्धका पाठकहरूलाई विशिष्ट अनि बौद्धिक आस्वाद गराउनेमा आफू ढुक्क रहेको समेत दावी गर्नुभयो । कार्यक्रममा डा. दामोदर पुडासैनीको ‘डाेल्पाे ओ डाेल्पाे’ मा समालोचकीय मन्तव्य राख्दै प्रा.डा. रमेश भट्टराईले दामोदर पुडासैनीको लेखन निक्कै स्तरीय र कलात्मक रहेको बताउनु भयो । पुडासैनीको पुस्तकाकार रूपमा निक्कै मोटो भए पनि आफूलाई हरेक पृष्ठहरूले आकर्षित गरेको बताउनु भयो । यो कृतिले नेपाली जन-जीवनको सौन्दर्यमा खिचेको छैन । सामाजिक लय, संस्कृति र हाम्रो सामाजिक आदर्शलाई पनि उजागर गरेको छ । साझा प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा ललितपुर महानगर पालिकाका मेयर श्री चिरिबाबु महर्जन कार्यव्यस्तताका कारण अनुपस्थित रहेपछि विशेष अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले “व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश “का लागि कोशकार प्राध्यापक नीलमणि ढुंगानालाई – २०७८ सालको साझा पुरस्कार ५१ हजार राशि र प्रमाणपत्रका साथ दुबै पुस्तकहरू लोकार्पण गर्नु भएको थियोे । कार्यक्रम साझा प्रकाशका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री विजय सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियोे ।
सम्बन्धित समाचार
-
सामाजिक संस्थालाई आजिवन बार्षिक २० हजार
२ हफ्ता अगाडी
दोलखा/ट्राफिक प्रहरीको जिम्मेवारीसंगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुुर प्रसाद भट्टराईले अनाथ महिला तथा[...][...]
-
५८ जनाको मोतिया विन्दुको सल्यक्रिया
२ हफ्ता अगाडी
दोलखा/दोलखाको शैलुुङ गाँउपालिका वडा नम्बर– ८ भैसेमा सञ्चालित मोतिया विन्दुुको निशुुल्क शल्यक्रिया शिविरमा ५८ जनाको मोतिया विन्दुुको सल्यक्रिया गरिएको वडा[...][...]
-
दोलखा आँखा केन्द्रको सामाजिक लेखा परीक्षण
२ हफ्ता अगाडी
दोलखा/दोलखा लायन्स सर्जिकल आँखा केन्द्र दोलखाको सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ । केन्द्रका सल्लाहकार शान्तकृष्ण श्रेष्ठको सभापतित्वमा बैठक[...][...]
-
६९ औ प्रहरी दिवसमा बिभिन्न व्यक्ति सम्मानित
४ हफ्ता अगाडी
दोलखा/६९ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले शान्ति सुरक्षा लगायतका काममा प्रहरीलाई सहयोग गर्ने बिभिन्न सामाजिक व्यक्ति, पूर्व[...][...]
-
सकियाे खड्गे जात्रा
४ हफ्ता अगाडी
दोलखा/दोलखा सहरमा मनाईने परम्परागत खड्गेजात्रा आईतवार सकिएको छ । ऐतिहासीक दोलखा सहरमा पौराणिक कथामा आधारीत यो जात्रा प्रत्येक बर्ष विजया[...][...]
-
यात्रुबस दुर्घटनामा एककाे मृत्यु, सात घाईते
१ महिना अगाडी
दाेलखा/ दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नम्बर- ८ बाेचकाे चर्नावती पुल नजिक बिहिवार यात्रुवहाक बस दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे[...][...]
प्रतिक्रिया दिनुहोस्