दाेलखा/दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ आहलेमा श्रीमान श्रीमती शनिवार बेलुका मृत भेटिएका छन् ।
आहलेका अन्दाजी ५६ बर्षिय हर्क बहादुर जिरेल आफ्नो एक तले घरको दलानमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनको श्रीमती अनदाजी ५२ बर्षिय कृष्ण कुमारी जिरेल भने घर भन्दा डेढ किलोमिटर टाढा बोक्से भीरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनु भयो । मृत्युको कारणबारे अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
मदन– आश्रीत स्मृति दिवसमा विचार गोष्ठि
३ घण्टा अगाडी
दोलखा/नेपाल बुद्धिजिवि परिषद् दोलखाले शनिवार ३२ औं मदन– आश्रीत स्मृति दिवसको अवसरमा बदलिदो राजनीतिक परिवेश र नेपाली समाजवाद विषयक विचार[...][...]
-
आर्थिक अभावमा लोपोन्मुख सुरेल भाषाको पढाई बन्द
२ दिन अगाडी
गौरीशङ्कर गाँउपालिकाका अध्यक्ष विश्वास कार्की भने पालिकाले सहयोग रोकेको नभै सुरेल भाषाको नयाँ पाठ्यक्रम पनि नभएको र विद्यार्थी पनि नयाँ[...][...]
-
सामाजिक सुरक्षा भत्ता फिर्ता गर्ने स्व.खिलहरि
४ दिन अगाडी
दोलखा/पौडेल बंश महासंघ नेपालले आफ्नै परिश्रमबाट खानपुग्ने भन्दै सरकारले दिएको सामाजिक सुरक्षा भक्ता राज्यलाईनै फिर्ता गर्ने दोलखा मेलुङका खिलहरि पौडेललाई[...][...]
-
महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद शिक्षा
६ दिन अगाडी
दोलखा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाँउपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम[...][...]
-
सहकारी अर्थात सहकार्य
१ हफ्ता अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
१ हफ्ता अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
प्रतिक्रिया दिनुहोस्