काठमाडौँ /प्रेस काउन्सिल नेपालले आ. व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेसँगै नयाँ बहस सुरु भएको छ । विगत ३ वर्षदेखि अड्किएको पत्रपत्रिका वर्गीकरणलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतकै पालामा २ वर्षको नतिजा सार्वजनिक हुनुलाई धेरैले प्रशंसा गरेका छन् । समयमा नतिजा सार्वजनिक नहुँदा साना लगानीका स्वरोजगारमुखी पत्रपत्रिकालाई समस्या पर्दै आएकोमा अब समाधान उन्मुख हुने धेरैले सञ्जालमा टिप्पणि गरेका छन् । काउन्सिलले देश भरका ८० वटा पत्रपत्रिकाले आचारसंहिताको गम्भीर उल्लंघन गरेकाले कारबाही गर्दै वर्गीकरणको नतिजा निकालेको थियो । फेसबुक, ट्वीटरलगायत पत्रकार र सञ्चारमाध्यमको सामाजिक सञ्जाल व्यवस्थापनका लागि र ती माध्यमबाट हुने आचारसंहिता उल्लङ्घनलाई काउन्सिलले निगरानि गर्दै आएको छ । सामाजिक सञ्जालमार्फत जथाभावी सामम्री राख्नेलाई प्रकृति हेरेर बन्द गराउन सम्बन्धित निकायलाई पत्रचार गर्नेसम्मको तयारी भएको छ । सामाजिक सञ्जाल रचनात्मक कम र छाडा बढी भएकाले सञ्चारमाध्यमको दुरुपयोग रोक्न कडा निगरानी र कारबाहीको तयारी भइरहेको अध्यक्ष बस्नेतले बताउनुभयो । काउन्सिलको ३ दिन सम्म बसेको बोर्ड बैठकले नतिजा प्रकाशनदेखि सामाजिक सञ्जाल दुरुपयोग गर्नेमाथि कारबाहीसम्म विभिन्न रणनीति अपनाउने निर्णय गरेको छ । बस्नेतको नेतृत्वमा पछिल्लो ६ महिनायता रोकिएका काम फटाफट अघि बढेका छन् । काउन्सिलको टिमले आचारसंहिताबारे सबै प्रदेशमा सन्देशमूलक कार्यक्रम हालै सकेको थियो । पछिल्लो वर्षको वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । आ.व. २०७५/०७६ को वर्गीकरण अनुसार पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३६ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन । त्यस्तै आ.व. २०७/०७७ को वर्गीकरण अनुसार पत्रकार आचारसंहिता पालना नगर्ने ४५ पत्रपत्रिका हुबहुमा परेका छन् । पत्रकारितामा पछिल्लोसमय आचारसंहिता उल्लंघनका घट्नाहरु बढेको, सञ्चारमाध्यमहरुले गैरजिम्मेवार भई विभिन्न समाचार सम्प्रेषण गर्ने, हुबहु कपी गर्ने, जथाभावी अडियो तथा भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेको सम्बन्धमा काउन्सिलमा उजुरी परेको काउन्सिलले जनाएको छ ।
सम्बन्धित समाचार
-
दाेलखा एमालेकाे तीन महिने अभियान
१० घण्टा अगाडी
दाेलखा/ नेकपा एमाले, दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले तय गरेकाे ‘ वडास्तरीय तीन महिने अभियान´ र `समृद्ध दोलखा, सुखी दोलखाली´[...][...]
-
बजारमा उषा गजुुरेलको ‘कुुटुु कुुटुु’
१० घण्टा अगाडी
काठमाडौँ/लोकप्रिय गायिका उषा गजुरेलको अफिसियल युटुुब च्यानल मार्फत मंगलवार ‘कुुटुु कुुटु’ु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय[...][...]
-
भीम रावलको निष्कासन स्वभाविक– एमाले सचिव भट्टराई
७ दिन अगाडी
दोलखा/नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वभाविक रहेको[...][...]
-
नाटक लेखक सुशिला शर्मालाई साहित्यिक सम्मान
१ हफ्ता अगाडी
दोलखा/बिष्णुुलक्ष्मी साहित्यिक पुुरस्कार समिति दोलखाले हरेक बर्ष माघ– १ गते प्रदान गर्दै आएको बिष्णुलक्ष्मी÷तुलसीमाया साहित्य सम्मान– २०८१ नाटक लेखक, कवि[...][...]
-
हलेश्वर माविको अभिभावक दिवस
१ हफ्ता अगाडी
दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ सुुरीमा रहेको हलेश्वर माध्यामिक विद्यालयको ६५ औ अभिभावक दिवस आईतवार सम्पन्न भएको छ ।[...][...]
-
नेपालकै पहिलो सूूर्यपाञ्चायन मन्दिर नाम्दुमा निर्माण हुुने
२ हफ्ता अगाडी
दोलखा/डि.जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले नेपालमै पहिलो पटक दोलखाको नाम्दुमा सूर्यपाञ्चायनको मन्दिर निर्माण गर्न लागेको छ । भारतको बिभिन्न ठाँउमा यो[...][...]
प्रतिक्रिया दिनुहोस्