बागमतीमुख्य समाचारराजनितिसमाचार

वडा अध्यक्षको उम्मेदवारको घर नजिक विष्फोटक पदार्थ विष्फोट

दोलखा/दोलखा तामाकोशी गाँउपालिकाको वडा नम्बर ३ जफे धोक्रेबारीमा आईतवार राति नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वारको घरनजिकै प्रेसर कुकरमा राखिएको विष्फोटक पर्दाथ विष्फोट भएको छ ।
घटनाको जानकारी पाए लगत्तै सोमबार विहानै जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर विष्फोटको बारेमा अध्ययन गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पौडेलले जानकारी दिनुभयो । प्रेसर कुकरमा विष्फोटक पदार्थ हालेर विष्फोट गराईएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनु भयो । विष्फोट भएको वस्तु भने बम नरहेको प्रहरीको भनाई छ ।
घटना कसले गराएको हो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भईरहेको र शंकाको घेरामा रहेका व्यक्तिहरुको बारेमा कुनैपनि प्रमाण भेटिने बित्तिकै पक्राउ गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । आईतवार राति करिब १२ बजेको समयमा विष्फोट भएको आवाज सुनेपछि त्रसित बनेका स्थानीयले सोमवार विहान प्रहरीलाई खबर गरेका थिए । उक्त विष्फोट एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्वार सन्तोष पोखरेलको घरनजिकै भएको हो । आफूलाई त्रसित बनाउन विपक्षीहरुले त्यस्तो हर्कत गरेको हुन सक्ने पोखरेलको आशंका छ ।
विष्फोटक पदार्थको सम्बन्धमा नेपाली सेनाको बम डिस्पोजल टोलिले नै अनुसन्धान गरीरहेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार