बागमतीशिक्षासमाचार

अनुसन्धान मूलक फिचर लेखन तालिम

दोलखा/नेपाल पत्रकार महासंघ दोलखा शाखाले दुई दिने अनुसन्धान मूलक फिचर लेखन तालिम सञ्चालन गरेको छ । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन मंगलवार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले गर्नु भयो ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं तालिमका प्रशिक्षक धमेन्द्र झा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, सामुदायीक रेडियो प्रशारक संघका पूर्व केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासङ्घका दाेलखाका पूर्व अध्यक्ष जीवन लामा, निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कोईराला, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण भण्डारी, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन घिमिरे र सचिव दिलबहादुर केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं प्रशिक्षक झाले दुई दिनसम्म अनुसन्धान मूलक फिचर लेखनका बिबिध पक्षका बारेमा प्रशिक्षण दिनुहुने छ । तालिममा बिभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार