दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ चिसापानी भालुखोलाको जङ्गलमा शुक्रवार (आज) हातखुट्टा बाँधेर मुखमा टेप लगाएको अवस्थामा अन्दाजी २०÷२२ बर्षको एक युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
स्थानिय महिलाहरु बाँदर लखेट्दै जाने क्रममा माटोले छोपेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हालसम्म उक्त शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनु भयो । शव पहिचान गर्न काठमाडौँ टिचिङ अस्पताल पठाईएको पनि प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।
दोलखा प्रहरीमा युवक हराएको बारेमा कुनै उजुरी समेत नपरेको प्रहरीले जनाएको छ । शवको पहिचानको लागि युवकको हुलिया सहितको विवरण ७७ वटै प्रहरी कार्यालयमा पठाईएको र सो बारे अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।
सम्बन्धित समाचार
-
सहकारी अर्थात सहकार्य
७ घण्टा अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
१ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
-
सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि अन्तरक्रिया
२ दिन अगाडी
दोलखा/ सदरमुकाम चरिकोटमा विहिवार सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत[...][...]
-
प्रेस काउन्सिलको ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिता अभियान
३ दिन अगाडी
काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले[...][...]
-
वडाको अभियानः विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री
५ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका सबै विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि कपि, कलम तथा शिक्षकले प्रयोग[...][...]
-
उज्यालो भविष्यबाट पत्रकार– साहित्यकार सम्मानित
६ दिन अगाडी
काठमाडौँ/उज्यालो भविष्य दोलखाको दशौ बार्षिक उत्सव तथा पाँचौ अधिवेशन बिभिन्न क्षेत्रका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गर्दै काठमाडौँमा सम्पन्न भएको छ ।[...][...]
प्रतिक्रिया दिनुहोस्