काठमाडौँ /प्रेस काउन्सिल नेपालले विगत २ आर्थिक वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो ।
विभिन्न कारणले देशभरका पत्रपत्रिकाको वर्गीकरण झण्डै ३ वर्षदेखि सार्वजनिक हुन सकेको थिएन । नतिजाअनुसार आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये क वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४७६ पत्रपत्रिका, ग वर्गमा १३७ पत्रपत्रिका र घ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् । वर्गीकरण भएकामध्ये १७९ दैनिक पत्रिका, ३ अर्धसाप्ताहिक पत्रिका र ५०१ साप्ताहिक पत्रिका वर्गीकृत भएका छन् । यस्तै ११ पाक्षिक, ७३ मासिक पत्रिका, ७ वटा द्वैमासिक पत्रिका र ६ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५८ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।
त्यस्तै आ.व. २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये क वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४३१ पत्रपत्रिका, ग वर्गमा १६३ पत्रपत्रिका, वर्गीकरण भएका छन् । घ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् । वर्गीकरण भएकामध्ये १८० दैनिक पत्रिका, २ अर्धसाप्ताहिक पत्रिका र ४८६ साप्ताहिक पत्रिका छन् । यस्तै १२ पाक्षिक, ७३ मासिक पत्रिका, ६ वटा द्वैमासिक पत्रिका र ८ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५७ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३४ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।
काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।
पत्रकारितामा पछिल्लोसमय आचारसंहिता उल्लङ्घनका घटनाहरू बढिरहेको काउन्सिलले जनाएको छ । कतिपय सञ्चार माध्यमहरूले गैरजिम्मेवार भइ समाचार सम्प्रेषण गर्ने, हुबहु गर्ने, जथाभावी अडियो तथा भिडियो बनाइ सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोसम्बन्धमा काउन्सिलमा उजुरी बढेको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले यसतर्फ गम्भीर भइ स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपालको नाराअनुसार आचारसंहिताको पूर्णपालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद शिक्षा
१७ घण्टा अगाडी
दोलखा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाँउपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम[...][...]
-
सहकारी अर्थात सहकार्य
२ दिन अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
३ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
-
सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि अन्तरक्रिया
४ दिन अगाडी
दोलखा/ सदरमुकाम चरिकोटमा विहिवार सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत[...][...]
-
प्रेस काउन्सिलको ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिता अभियान
५ दिन अगाडी
काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले[...][...]
-
उज्यालो भविष्यबाट पत्रकार– साहित्यकार सम्मानित
१ हफ्ता अगाडी
काठमाडौँ/उज्यालो भविष्य दोलखाको दशौ बार्षिक उत्सव तथा पाँचौ अधिवेशन बिभिन्न क्षेत्रका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गर्दै काठमाडौँमा सम्पन्न भएको छ ।[...][...]
प्रतिक्रिया दिनुहोस्