बागमतीसमाचार

विपन्न तथा अपाङ्गता भएका परिवारलाई खाद्यान्न सामग्री

दोलखा/रिड नेपाल तथा एएसवी जर्मनको सहयोगमा गौरीशङ्कर सामुदायीक पुस्तकालय दोलखाले अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारलाई आईतवार खाद्यान्न सामग्री वितरण गरेको छ ।
कोरोना महामारीका कारण विपन्न परिवार र अपाङ्गता भएका व्यक्तिहरु बढी समस्यामा परेकोले उनीहरुको लागि खाद्यान्न सामग्री र केहि स्वास्थ्य सामग्री समेत उपलब्ध गराईएको गौरीशङ्कर सामुदायीक पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले बताउनु भयो ।
रिड नेपाल र एएसवीको सहयोगमा अपाङ्गता भएका तथा विपन्न गरी ३० परिवारलाई तीन हजार भन्दा बढीको सामग्री हस्तान्तण गरिएको अध्यक्ष वस्नेतले बताउनु भयो । ३० परिवारलाई चामल, दाल, नुन, खानेतेल र मास्क गरी प्रति परिवार तीन हजार भन्दा बढीको सामग्री हस्तान्तरण गरिएको वस्नेतको भनाई छ । गौरीशङ्कर सामुदायीक पुस्तकालयले अपाङ्गता भएका तथा विपन्न थप ६० परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने तयारी गरिरहेको जनाएको छ ।
आईतवार भएको कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, तारादल गणका गणपति अनिल केसी, प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, शसस्त्र प्हरी बलका प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जन, पत्रकार महासंघ दोलखाका पूर्व अध्यष जीवन लामा, पत्रकार शम्भु गौतम लगायतको सहभागिता रहेको थियो ।

सामग्री हस्तान्तरण गर्नुहुदै प्रहरी नायव उपरीक्षक भेषराज रिजाल

सम्बन्धित समाचार