दोलखा/दोलखामा आईतवार (आज) थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाँउपालिकाका कर्मचारी, माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत, बैङ्कका कर्मचारी र सर्वसाधारण गरी २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सवास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
दोलखाको मेलुङ गाँउपालिकाबाट कार्तिक २१ गते ३२ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा पालिकाका ११ जना कर्मचारी र एक जना जनप्रतिनिधि गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख हरिराम चाँपागाईले जानकारी दिनु भयो ।
त्यसैगरी कार्तिक २२ गते दोलखा अस्पतालबाट २९ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका सात जना, भीमेश्वर नगरपालिकाका तीन जना र कालिञ्चोक गाँउपालिकाका दुई जना गरी १२ जनामा कारोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी कार्तिक २३ गते दोलखा अस्पतालबाट ११ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा सदरमुकाम चरिकोटमा रहेको एक वित्तिय संस्थामा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो । त्यसैगरी कार्तिक २१ गते जिरी अस्पतालबाट चार जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा जिरी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गौतम शाहले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्