दोलखा/विशेष गरी महिला र बालबालिकाको क्षेत्रमा लामोसमय देखि काम गर्दै आउनु भएको मानव अधिकारकर्मी सिर्जन कार्की राष्ट्रिय आर्दश आमा पुरस्कार २०१९ बाट सम्मानित हुनु भएको छ ।
रुद्र–गौरी श्री–अम्विकाओली प्रतिष्ठानले स्थापना गरेको एक लाख एक हजार एक सय ११ रुपेया राशीको पुरस्कार बालबालिका, जेष्ठ महिला, अपांगता भएका महिला, मानसिक रुपमा असर परेका महिला तथा किशोरीहरुको पुर्नस्थापनामा पु¥याएको योगदानको कदर गर्दै कार्कीलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
महिला अधिकारकर्मी कार्कीले हालसम्म दुई सय २५ भन्दा बढी पीडित महिला तथा वालवालिको संरक्षण, हेरचाह र अधिकारका लागि बिभिन्न अभियान सञ्चालन गर्दै आउनु भएको छ । उहाँले अहिले पनि डेढ दर्जन बढी महिला, किशोरी तथा वालवालिकाहरु लाई संरक्षण दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्