दोलखा/दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ८ मनगाँउममा ४७ बर्षिय एक महिलाले कोदालो तथा खुकुरी प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । श्रीमानले आफ्नो चरित्र माथि प्रश्न उठाउदै गालि गर्न थालेपछि आवेगमा आएर कोदाली तथा खुकुरी प्रहार गरी हत्या गरेको छिमेकीले बताएका छन् ।
मनगाँउकी दुर्गामाया श्रेष्ठले ५२ बर्षिय श्रीमान हस्त नारायण श्रेष्ठलाई सोमवार राति टाउको लगायत शरिरका बिभिन्न भागमा खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घट्नाबारे जानकारी पाउनासाथ सोमवार राति १२ः४५ बजेनै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा पाँच जना र मागापौवा चौकिबाट जार जनाको प्रहरी टोलि घट्ना स्थल पुगी अभियुक्त दुर्गा मायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो ।
छिमेकीका अनुसार एक हप्ता अघिमात्र काठमाडौँबाट घर आउनु भएको दुर्गा माया र मृतक श्रीमान हस्त नारायण बीच बेला बेलामा झगडा हुने गरेको थियो । सोमवार साँझ पनि छोरी ज्वाई लगायत केहि पाहुनाहरु आएकोले खानपिनको तयारी गरिरहदा श्रीमानले दुर्गा मायालाई चरित्रमाथि प्रश्न उठाउदै गालिगलौज गर्न थालेपछि पटक पटक झगडा भएको थियो ।
सोहि क्रममा राति १० बजेतिर दुर्गा मायाले मृतक हस्त नारायणलाई सुरुमा कोदालोको दापले हिर्काएर लडाएको र त्यसपछि पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको छिमेकीहरुले बताएका छन् । दुर्गा मायाले खुकरी देखाउदै कराउन लागेपछि छोरा छोरी लगायत पाहुनाहरुको भागाभाग भएको स्थानियले बताए ।
प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले भने अभियुक्त दुर्गा मायालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएकोले अहिलेनै घट्नाको कारण भन्न नसकिने बताउनु भयो । प्रारम्भीक अनुसन्धानमा घरायसी वादविवादमा घट्ना भएको देखिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्