दोलखा/नेकपा एमाले दोलखाको १४ औ पूर्ण बैठकले पार्टीका संस्थापक नेता शिवप्रसाद भण्डारीलाई जिल्ला सल्लाहकार परिषदको संयोजक बनाएको छ । पार्टीको केन्द्रीय सचिव महेश वस्नेतको उपस्थितिमा भएको बैठकले पार्टी जिल्ला कमिटीमा १३ जनालाई मनोनीत गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला कमिटीमा मनोनीत हुने सदस्यहरुमा शङ्करलाल श्रेष्ठ, राजकुमार ढुङ्गेल, माधवलाल कायष्थ, कल्पना भण्डारी, प्रकाश केसी, पुष्पक केसी, तामप्रसाद आँपागाई, राजकुमार केसी, नविन कुमार नेपाली, गोविन्द कार्की, दिलिप खड्का भुवन गुरुङ र अनुराग केसी रहेका छन् ।
बैठकले आगामी मंसिर २६ गते हुने वडा कमिटीको अधिवेशन र पौष ४ गते हुने पालिका कमिटीको अधिवेशनको आवश्यक कार्ययोजना तय गरेको एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए । बैठकले मंसिर १९ गते लोकतान्त्रिक थामी संघको केन्द्रीय अधिवेशन उद्घाटनको लागि सदरमुकाम चरिकोट आउन लागेका पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भव्य स्वागतको तयारीका लागि योजना समेत बनाएको अध्यक्ष श्रेष्ठले बताए ।
एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सचिव महेश वस्नेत, केन्द्रीय सदस्य आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङ, केन्द्रीय सदस्य डबल पाण्डे, उर्मिला सुनुवार, श्याम वस्नेत, नेता लाल कुमार केसी, शिव प्रसाद भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिन, डिल्ली बराईली लगायत प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्