कृषि र सहकारीसमाचार

रोल्वालिङको इभि भ्यानमा जनहित चित्रेश्वर सहकारीका सदस्यलाई छुट

दोलखा/रोल्वालिङ यातायात र जनहित चित्रेश्वर बहुउदेश्यीय सहकारी संस्था दोलखा बीच दोलखा– काठमाडौँ यात्राको क्रममा इभि भ्यान प्रयोग गर्दा सहकारीका सदस्यहरुलाई एक सय रुपैया छुट दिने सहमति भएको छ ।

रोल्वालिङ यातायातका सचिव कुमार कार्की र जनहित चित्रेश्वर बहुउदेश्यीय सहकारीका अध्यक्ष नवराज प्रसाद न्यौपानेले भाँडा छुट सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार जनहित चित्रेश्वर बहुउदेश्यीय सहकारी संस्थाका सदस्यहरुले दोलखाबाट काठमाडौँको यात्राको लागि काउण्टरबाट टिकट लिदा सहकारीको सदस्य कार्ड वा पासबुक देखाएपछि एक सय रुपैया छुट पाउने छन् । अनलाईनबाट टिकट काट्नको लागि सहकारीका सदस्यहरुलाई प्रदान गरीने विशेष प्रोमो कोर्ड प्रयोग गरी छुट लिन सकिने रोल्वालिङ यातायातका सचिव कार्कीले बताए ।

दुई पक्ष बीच भएको सहमति अनुसार एक सय रुपैया छुटमा टिकट काटेका यात्रुहरुलाई रोल्वालिङ यातायातले विना झन्झट सुरक्षित र गुणस्तरीय सेवा दिनु पर्ने छ । त्यसैगरी सहकारी संस्थाले काठमाडौँ यात्रा गर्दा आफ्ना सदस्यहरुलाई रोल्वालिङ यातायातको इभि भ्यान प्रयोगको लागि प्रोत्साहित गर्ने र टिकट काट्दा छुट लिने तरीकाहरु बारे संस्थाको सूचना पाटीमा जानकारी सहितको विवरण राख्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार