अर्थ र ब्यापारबागमती

दोउवासंघको २५ औ साधारणसभा

दोलखा/दोलखा उद्योग बाणिज्य संघले शनिवार नयाँ नेतृत्वलाई शुभकामना सहित २५ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । केही दिन अघि सम्पन्न १६ औ जिल्ला अधिवेशनले संघमा नयाँ नेतृत्व चयन भएको थियो ।

२५ औ बार्षिक साधारण सभाको अवसरमा संघले मैनापोखरी, सिंगटी र मागापौवा शाखालाई एक÷एक थान ल्यापटप र फर्निचर वितरण गरिएको अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए । दोलखा उद्योग बाणिज्य संघको शाखाहरुलाई संस्थागत गर्दै उद्योगी– व्यवसायीको हितमा अधिकतम प्रयोग गर्ने उदेश्यले संघले उक्त सामग्री उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा संघका महासचिव सुरेश उप्रेतीले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षा श्याम कायष्थले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा संघका नवनिर्वाचित अध्यक्ष सनत थापाले सहभागिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला– नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ, महासंघको बागमति प्रदेश अध्यक्ष बेद बहादुर श्रेष्ठ, उपाध्यक्ष कृष्ण कुमार अग्रवाल, महासंघका केन्द्रीय सदस्यहरु सुर्दशन कार्की, नविन रिजाल र दान बहादुर सुरमेली, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, राष्ट्रय स्वतन्त्र पार्टी दोलखाका श्याम कायष्थ, नेपाली कांग्रेस दोलखाका बाबुकाजी वस्नेत, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गोपाल न्यौपाने, दोलखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रामेश्वर मानन्धर, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव सुजन काफ्ले लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार