दोलखा/पत्रकार रविन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको स्व. रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार– २०८३ बाट कान्तिपुरकर्मी केदार शिवाकोटी पुरस्कृत भएका छन् । स्व. पत्रकार रविन्द्र गौतमको पाँचौ स्मृति सभाको अवसरमा शनिवार शिवाकोटीलाई नगद १० हजार सहित स्व. रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार– २०८३ बाट पुरस्कृत गरिएको हो ।
पत्रकार रविन्द्र गौतमको धर्मपत्नी भवानी खड्का गौतमको पहलमा स्थापना गरिएको स्व. रविन्द्र गौतम स्मृति प्रतिष्ठानले गौतमको पाँचौ समृति सभाको अवसरमा कालिञ्चोक माध्यामिक विद्यालय चरिकोटमा अध्यनरत छात्रा विपना नेपालीलाई १० हजार नगद सहित स्व. रविन्द्र गौतम स्मृति छात्रबृत्ति समेत प्रदान गरेको छ ।
स्व. रविन्द्र गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर गौतमको सभापतित्वमा सम्पन्न पुरस्कार तथा छात्रबृत्ति वितरण कार्यक्रममा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, पत्रकार दिल बहादुर केसी, स्व. पत्रकार रविन्द्र गौतमको धर्मपत्नी भवानी खड्का गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पत्रकार रविन्द्र गौतमको निधन २०७८ जेठ १६ गते कोरोना संक्रमणका कारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्