दोलखा/नेपाल पत्रकार महासंघ दोलखा शाखाको १३ औ बार्षिक साधारण सभाको अवसरमा बिभिन्न पत्रकारहरु पुरस्कृत भएका छन् । साधारण सभाका अवसरमा शाखाले अग्रज पत्रकार राजेन्द्र श्रेष्ठलाई जेष्ठ नागरिक पत्रकार सम्मान दिएको छ ।
त्यसैगरी हेमकुमारी प्रधान स्मुति राष्ट्रिय महिला पुरस्कारबाट पत्रकार सिर्जना खड्का, इन्द्रमणि राजभण्डारी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार दीपशंकर चौलागाईं, विकास पत्रकारिता पुरस्कारबाट पत्रकार कालिका खड्का र पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट पत्रकार दुर्गा बस्नेत सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतमा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, पूर्व महान्यायधिवक्ता मुक्ति प्रधान, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ बागमति प्रदेश सचिव श्याम खतिवडा, नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष दीपशङ्कर चौलागाई, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष श्रृजन घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्लेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सिर्जना गोलेले १८ लाख ६९ हजार नौ रुपैयाँ ९६ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्