बागमतीसमाचार

प्लाष्टिक जन्य फोहरमैला न्युनीकरण सम्बन्धि अन्तरक्रिया

दोलखा/ग्लोबल ह्रयान्डस नेपाल दोलखाले भीमेश्वर नगरपालिका, डिभिजन बन कार्यालय, जनस्वास्थ्य कार्यालय र मिलिजुली– कालिञ्चोक साकोससंगको सहकार्यमा मंगलवार प्लाष्टिक जन्य फोहरमैला न्युनीकरणका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य ब्यक्त गर्नुहुदै बागमती प्रदेश सरकारका बन तथा वातावरण मन्त्री भरत बहादुर केसीले बनलाई उद्यम, आम्दानी र जनतासंग जोड्न जनमैत्री बन ऐन ल्याउने बताउनु भयो । मन्त्री केसीले जनमैत्री बन ऐनले दिगो बन व्यवस्थापन र सुशासनको लागि समेत सहयोग पुग्ने बताउनु भयो ।

ग्लोबल ह्रयान्डस नेपाल दोलखाका अध्यक्ष राजकुमार ढुङगेलको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, भीमेश्वर नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी, मिलिजुली– कालिन्चोक साकोसका अध्यक्ष कृष्ण बहादुर गौतम, ग्लोबल ह्रयान्डस नेपाल दोलखाका सचिव शङ्कर पाठक लगायतले प्लाष्टिकजन्य फोहोरमैला न्युनीकरण गर्न स्थानीय व्यवसायी, विद्यार्थी लगायत आम नागरिक सचेत हुनुपर्ने बताउनु भएको थियो ।

ग्लोबल ह्रयान्डस नेपाल दोलखाले प्लाष्टिक जन्य फोहरमैला न्युनीकरणका लागि तीन महिनासम्म चेतना मूलक कार्यक्रम सञ्चालन तथा सुरक्षित झोला वितरण गर्ने अध्यक्ष ढुङ्गेलले बताए ।

सम्बन्धित समाचार