दोलखा/सदरमुकाम चरिकोट लगायत दोलखा जिल्लाको अधिकाङ्श भेगमा मध्यम देखी भारी बर्षा भै रहेको छ । दोलखाको अधिकाङ्श ठाँउमा शनिवार (आज) विहानै देखी बर्षा भै रहेको स्थानीयले जनाएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा शनिवार विहानबाट बर्षा भै रहेको छ । निरन्तरको बर्षाका कारण मानिसहरुलाई आवत– जावतमा समस्या भएको छ । निरन्तरको बर्षाका कारण सदरमुकाम चरिकोटमा लाग्ने शनिवारे हाट प्रभावित बनेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत केन्द्र रहेको लामाबगर क्षेत्रमा पनि शनिवार विहानैदेखी बर्षा भै रहेको विगु गाँउपालिका वडा नम्बर– १ लामाबगरका वडा अध्यक्ष मेम बहादुर तमाङले बताए । बर्षाको कारण घरबाहिर निस्कन समस्या भएपनि तामाकोशी नदिको पानीको सहत भने धेरै नबढेको बडा अध्यक्ष तमाङले बताए ।

दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने बेदिङ, ना, सुरमुचे लगायतका क्षेत्रमा पनि शनिवार विहानै देखी बर्षा भै रहेको बेदीङका स्थानिय होटल व्यवसायी छिरीङ शेर्पाले बताईन । यो क्षेत्र च्छो– रोल्पा हिमताल जाने रुटमा पर्दछ । दशैको कारण अहिले च्छो– रोल्पा जाने पर्यटकहरु भने नभएको छिरीङ शेर्पाले बताईन ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो जिल्लाका अधिकाङ्श भेगमा विहानै देखी बर्षा भै रहेपनि हालसम्म बाढी– पहिरोको जोखिम र यातायात आवागमनमा समस्या नहेको बताउछन् ।
दोलखा जिल्ला प्राकृतिक प्रकोपको हिसाबले जोखिममा रहेकोले नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी जोखिम नियन्त्रण र कुनै समस्या भै हाले उद्दारको लागि तयारी अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक महतो बताउछन् । आवश्यक काम बाहेक घरबाट ननिस्कन र यात्रा गर्दा आवश्यक सर्तकता अपनाउन जिलला वासिलाई उनले आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय दोलखाले पनि असोज २० गतेसम्म भारी तथा मध्यम बर्षाको जोखिम रहेकोले आवश्यक सर्तकता अपनाउन दोलखाका स्थानीयलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्